कोरोना संक्रमणबाट २४ घण्टामा थप १८ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७७, सोमबार

तस्विरः फाइल

 

काठमाडौं ३, कात्तिक ।

कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १२ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा ३ हजार ७ सय ९० जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। कुल संक्रमितमध्ये ४० हजार ७ सय ७८ सक्रिय संक्रमित छन्।

  • ३ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech