संक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो, २४ घण्टामा ३७९० संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७७, सोमबार

काठमाडौं ३, कात्तिक ।

नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ७९० जनामा कोरोना भाइरस संक्रमण फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार योसँगै देशभर कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९४ हजार ५०१ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म १३ लाख ९१८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन १३ हजार ८५१ जना र होम आइसोलेसनमा २६ हजार ९२७ जना रहेका छन् । आजसम्म देशभर चार हजार ४७० जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २८२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

 

  • ३ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech