बाँकेमा आज ७० जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७७, सोमबार

 

नेपालगन्ज ३, कात्तिक ।
बाँकेमा सोमबार थप ७० जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा ३९ जना पुरुष र ३१ जना महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार १ सय ९ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

बाँकेमा विरामी निको हुने दर ७८.३७ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ५ सय ५३ जना छन् । बाँकेमा हालसम्म २ हजार ६ सय ९१ जनामा कोरोना पुष्टि हुँदा २९ जनाको भने मृत्युु भइसकेको छ ।

  • ३ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech