कोरोना अपडेटः १८ सय नाघ्यो

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०७७, सोमबार

काठमाडौं १९ जेष्ठ ।
सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यससँगे सोमबार एकैदिन २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार साँझ घोषणा गरिएको १३ जनामा कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना छन् । यस्तै पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, र रुपन्देहीको गैडहवाका २ जना छन् ।

  • १९ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech