‘बुवाआमाको सपना पूरा गरेकी एउटी डाक्टरको कथा’

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७७, सोमबार

प्रियास्मृति ढकाल
नेपालगन्ज ३, कात्तिक ।
कमै सन्तान हुन्छन् जस्ले बुवाआमाको सपनालाई मूर्तरुप दिएका हुन् । राजेन्द्र प्रसाद बोरा र उषा बोरा त्यस्तै भाग्यमानी बुवाआमा हुनुहुन्छ जस्ले आफ्नो सन्तानबाट जे सपना देख्नुभएको थियो त्यो प्राप्त गर्न सफल हुनुभयो । ‘बुवा आफै डाक्टर बन्ने सपना थियो तर परिस्थितिले उहाँ बिजनेसमेन बन्नुभयो डा रोमा बोराले विगत स्मरण गर्दै भन्नुभयो–‘छोरी डाक्टर बनुन् भन्ने बुवाको सपना थियो त्यो हामीले पूरा गरिदिऔं ।’

रोमाका तीन दिदीवहिनी हुनुहुन्छ । रोमा जेठी, माइली विहेवारी गरेर क्यान्डा बस्दै आउनुभएको छ । कान्छि वहिनीले भर्खरै एम.डी गर्नुभएको छ । मधेशी तथा मुस्लिम समुदायमा छोरीलाई पढाउनु पर्छ भन्ने मान्यता अहिलेपनि विकसित हुन सकेको छैन् । चार दशक अघिको अवस्था झन के थियो होला ? तर त्यो अवस्थामा पनि राजेन्द्रले छोरीहरुलाई पढाउनुभयो । वि.स २०३८ सालमा कपिलबस्तुको कृष्णनगरस्थित सोमविहेमा जन्मनुभएकी डा बोराको बाल्यकाल सीमावर्ती सौहरतगढमा बित्यो । उहाँले त्यहीबाट २०५३ सालमा एस.एल.सी उत्तीर्ण गर्नुभयो । ‘एस.एल.सी उत्तीर्ण गर्दासम्म के बन्ने भन्ने मेरो योजना नै थिएन डा बोराले भन्नुभयो–‘केवल कसरी कक्षा टप हुने त्यहीमात्र सोचाइ थियो ।’ पढ्नमा तीक्ष्ण बोरा सधै कक्षा प्रथम हुनुहुन्थ्यो । एस.एल.सीमा छोरीको उत्कृष्ट अंक आएपछि राजेन्द्रले सौहरतगढमै छोरीलाई आई.ए.सीमा भर्ना गरिदिनुभयो ।

‘महिलाहरुको सूचिमा पश्चिम नेपालमै रोमाको नाम अगाडी आउँछ । ‘एउटा पुरुष सफल हुनुको पछाडी महिलाको हात भए जस्तै एउटा महिला सफल हुनुमा पुरुषको हात हुन्छ उहाँले भन्नुभयो–‘चाहे त्यो श्रीमान होस् चाहे त्यो बुवा ।’

२०५५ सालमा आई.ए.सीमा पनि उत्कृष्ट भएपछि राजेन्द्रलाई छोरी डाक्टर बनाउने बाटो खुल्यो । सुरु भयो रोमाको डाक्टर बनेर विरामीको उपचार गर्ने दीर्घकालिन लक्ष्य । त्यही लक्ष्यमा पुग्न उहाँले दुई बर्ष एम.बि.बि.एसको तयारी गर्नुभयो । वि.स २०५७ मा नेपालगन्ज मेडिकल कलेजमा एम.बि.बि.एस अध्ययनका लागि भर्ना हुनुभयो । सोमविहेमा जन्म, सौहरतगढमा उच्च शिक्षा र नेपालगन्जमा डाक्टर पढाई रोमाका यसैगरी पढाईमा दिनहरु वित्दै गए । २०६३ सालमा एम.बि.बि.एस पूरा गर्नुभयो । २ बर्षसम्म उहाँले नेपालगन्ज मेडिकल कलेजमै मेडिकल अधिकृतको रुपमा काम गर्नुभयो । २०६८ सालमा उहाँले यहीबाटै एम.डी पनि पूरा गर्नुभयो ।

रोमालाई किन बालरोग विशेषज्ञ नै मन प¥यो त ? ‘म एउटी महिला हुँ उहाँले स्वास्थ्य पेजसँगको भलाकुसारीमा भन्नुभयो–‘महिला भएकाले बालबालिकाप्रतिको मोह धेरै छ । त्यसैले बालबालिकाहरुकै उपचारको विशेषज्ञ बन्न मन लाग्यो ।’ बालरोग विशेषज्ञता हासिल गर्ने महिलाहरुको सूचिमा पश्चिम नेपालमै रोमाको नाम अगाडी आउँछ । ‘एउटा पुरुष सफल हुनुको पछाडी महिलाको हात भए जस्तै एउटा महिला सफल हुनुमा पुरुषको हात हुन्छ उहाँले भन्नुभयो–‘चाहे त्यो श्रीमान होस् चाहे त्यो बुवा ।’ उहाँले एम.बि.बि.एससम्म पढाउनमा बुवाको हात रहेको बताउँनुहुन्छ भने एम.डी पढाउनमा श्रीमान र परिवारको हात रहेको बताउँनुहुन्छ । एम.बि.बि.एस गरेलगत्तै उहाँको विहे भयो ।

नेपालगन्ज सुर्खेतरोडस्थित धम्वोजी नजिकै कान्ती आरोग्य अस्पताल प्रा.लि संचालनमा छ । १५ वेड क्षमताको यो अस्पतालले अहिले बालरोग बिशेषज्ञ सेवा दिइरहेको छ । एनआईसीयूदेखि यो अस्पतालसँग अक्सिजन र भेन्टिलेटर जडित अत्याधुनिक सुविधा भएको एम्वुलेन्स पनि छ ।

सन्दिप अग्रवाल रोमाका श्रीमान । व्यापारी घरानाका सन्दिपसँग तपाईको विहे कसरी ? रोमाले सन्दिपकै घरमा बसेर पढ्नु भयो । सन्दिपको बुवा र रोमाको बुवा मिल्ने साथी । पारिवारीक चिनजान थियो रोमाले भन्नुभयो–‘वुवाले डाक्टरसँगै विहे गर्नुपर्छ भन्नुहुन्थ्यो तर मैले सन्दिप छानिसकेकी थिए बुवालाई कन्भिन्स गरे विहे भयो, अहिले एउटी छोरी छ ।’ फरक पुष्टभूमि भएपनि सन्दिप अव स्वास्थ्य क्षेत्रमा जोडिसक्नुभएको छ ।

उहाँकै व्यवस्थापनमा नेपालगन्ज सुर्खेतरोडस्थित धम्वोजी नजिकै कान्ती आरोग्य अस्पताल प्रा.लि संचालनमा छ । १५ वेड क्षमताको यो अस्पतालले अहिले बालरोग बिशेषज्ञ सेवा दिइरहेको छ । एनआईसीयूदेखि यो अस्पतालसँग अक्सिजन र भेन्टिलेटर जडित अत्याधुनिक सुविधा भएको एम्वुलेन्स पनि छ । ‘भविष्यमा सबै खाले सेवा दिने गरी यो अस्पताल सन्चालनमा ल्याइएको हो डा.रोमाले भन्नुभयो–‘विरामीलाई सहज, सरल, छिटोछरितो र गुणस्तरीय सेवा दिने सवालमा हामी प्रतिबद्ध छौं ।’ अहिले बालबालिकाको सबै खाले उपचार प्रवाह गरिरहेको उहाँले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा समेत कार्यरत डा रोमाले कान्ती आरोग्य अस्पतालबाट पनि सेवा दिरहनुभएको छ ।

कुराकानीको विट मार्दै गर्दा डा रोमाले भन्दै हुनुहुन्थ्यो–‘अस्पतालबाट एउटी आमा बच्चासहित हँसिलो अनुहार लिएर निस्कदा मन फुरुङ्ग हुन्छ ।’

‘अव उपचारकै लागि भारत तथा काठमाडौं लैजानु पर्ने अवस्था छैन उहाँले भन्नुभयो–‘यही पनि विरामीलाई गुणस्तरीय सेवा दिन सकिन्छ ।’ विशेषय विज्ञता गरेका चिकित्सकहरु यही छन् । उपकरण र गुणस्तरीय ल्याव पनि यही छन् । त्यसैले बालबालिकाको उपचारका लागि महंगा अस्पताल दौडाउनु पर्ने अवस्था नहेको डा रोमाको भनाइ छ । उहाँले आफ्नो पेशालाई मानविय सेवासँग तुलना गर्नुहुन्छ । ‘यो एउटा मानविय सेवाले प्रेरित पेशा पनि हो, उहाँले भन्नुभयो–‘कैयौं त्यस्ता विरामीहरु आउँछन जो सँग पैसा हुँदैन् उनीहरुलाई निःशूल्क उपचार गरेर पठाउने गरेकी छु ।’

यसो भनिरहँदा उहाँका आँखामा खुसी र आत्मसन्तुष्टिको भाव झल्किएको महसुस गर्न सकिन्थ्यो । ‘कैयौं त्यस्ता क्रिटिकल केसहरु आएका छन् उहाँले भन्नुभयो–‘सकेसम्म हामीले त्यस्ता केसहरुलाई नर्मल बनाउने प्रयास गरेका हुन्छौ । कुनै असफल पनि भइदिन्छन् । त्यो पल निकै मन खिन्न् हुन्छ ।’ कुराकानीको विट मार्दै गर्दा डा रोमाले भन्दै हुनुहुन्थ्यो–‘अस्पतालबाट एउटी आमा बच्चासहित हँसिलो अनुहार लिएर निस्कदा मन फुरुङ्ग हुन्छ ।’


Nabintech