निजी र सामुदायिक अस्पतालहरुले कोरोना संक्रमितको लागि ५० प्रतिशत बेड छुट्याउनुपर्ने

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०७७, आईतवार

काठमाडौं २, कात्तिक ।
कोरोना संक्रमितको उपचारका लागि निजी र सामुदायिक अस्पतालहरुले ५० प्रतिशत बेड छुट्याउनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सबै निजी, सामुदायिक, सरकारी र मेडिकल कलेजहरुले ५० प्रतिशतभन्दा बढी शय्या छुट्याउनुपर्ने बताउनुभयो।

यी अस्पतालहरुले अस्पतालका सबै प्रकारका सेवा र आर्इसीयू समेत छुट्याउँनु पर्ने उहाँको भनाइ छ । निजी, सामुदायिक र सहकारी अस्पतालले २० प्रतिशत र मेडिकल कलेजहरुले ३३ प्रतिशत शैया छुट्याउँदै आएका थिए ।

 

  • २ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech