२४ घण्टामा दुई हजार ९४२ कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०७७, आईतवार

काठमाडौं २, कात्तिक ।

नेपालमा आइतवार कोरोना भाइरसका थप दुई हजार ९४२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९४२ संक्रमित थपिएका हुन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ३२६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९२ हजार १६६ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको छ

आइतवारसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

  • २ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech