अस्पतालमा बेड नपाएर संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०७७, आईतवार

बुटवल, २ कात्तिक ।
बुटवलमा एक कोरोना संक्रमित पुरुषको अस्पतालमा बेड नपाएर मृत्यु भएको छ। गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका उनको बेड नपाउँदा उपचार अभावमा मृत्यु भएको हो। बेड खाली हुने आशामा अस्पतालमै रहेका बेला उनको मृत्यु भएको बताइएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ती पुरुषलाई शनिबार प्रादेशिक अस्पताल र कोभिड विशेष अस्पताल लगिएको थियो।

तर दुवै अस्पतालमा बेड नपाएपछि उनको मृत्यु भएको आफन्तले जानकारी दिएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आईसीयू कक्ष भरिभराउ भएपछि नयाँ आउने संक्रमितको उपचारमा समस्या भइरहेको बताउनुभयो । यो अस्पतालमा १७ शैया आईसीयू बेड छन् ।

उहाँले शनिबार मृत्यु भएका बिरामीलाई उपचारका लागि आईसीयूमा बेड अभाव हुँदा भर्ना गर्न नसकिएको बताउनुभयो। ‘शैया नै नभएपछि भर्ना गर्न सकेनौँ’, उहाँले भन्नुभएको छ।

 

  • २ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech