बाँकेमा आज ३८ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०७७, शनिबार

तस्विरः फाइल

नेपालगन्ज १, कात्तिक ।
बाँकेमा शनिवार थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा रहेका तीनवटा पीसीआर प्रयोगशालामा गरीएको परीक्षणमा १४ महिला र २४ पुरुषगरी ३८ जनामा भाइरस संक्रमण देखिएको हो ।

भेरी अस्पताल प्रयोगशालामा १८, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १८ र बागेश्वरी प्रयोगशालामा २ गरी ३८ जनामा भाइरस देखिएको हो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ६ सय ७३ पुगेको छ ।

यस्तै शनिवार थप ४२ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार २२ पुगेको छ । बाँकेमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म २९ जनाले ज्यान गुमाएका छन् ।

  • १ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech