कोभिडका विरामीको उपचारमा संलग्न चिकित्सकको आग्रह-‘ज्वरोका शंकास्पद विरामी तत्काल अस्पताल जाऔं’

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०७७, शनिबार

 

नेपालगन्ज, १ कात्तिक ।

कोभिड–१९ को महामारीले विश्व आतंकीत भइरहेको छ । नेपाल पनि योबाट अछुतो छैन् । पछिल्ला दिनमा नेपालमा भाइरस संक्रमणको प्रभाव थप जटिल बन्दै गइरहेको छ । दैनिकरुपमा संक्रमितको संख्या बढ्दै गएको छ । मृत्युदर पनि बढिरहेकै छ । चिसो मौसम सुरु भएसँगै भाइरस संक्रमणको जोखिम थप बढ्ने निश्चित जस्तै छ ।

किनकी यती बेला ज्वरो, रुघाखोकीको समय सुरु हुन्छ । ज्वरो, रुघाखोकीजस्ता लक्षण देखिए गाउँघरकै मेडिकलहरुमा जाने र औषधी लिएर खाने प्रचलन छ । त्यो पहिल्यैदेखि चल्दै आएको पनि हो । कतिपय अवस्थामा विरामीहरु ठिक पनि भएका छन् । तर अहिले त्यो परिस्थिति छैन् । ज्वरो रुघाखोकीजस्ता लक्षण देखिए सामान्य हो ठिक भैहाल्छ भनेर गाउँघरकै मेडिकलमा गएर उपचार गर्दा विरामीको स्वास्थ्य अवस्था जोखिममा परेको देखिएको छ ।

ज्वरो र रुघाखोकी हुने वित्तिकै कोभिड हुने होइन् तर कोभिडको लक्षणमध्ये रुघाखोकी र ज्वरो पनि एक हो । यस्को समयमै चेकजाँच नगरेर उपचार गर्दा विरामीको स्वास्थ्य जोखिममा परेको छ । गाउँघर तिरका मेडिकलमा ल्याव छैन् । ती मेडिकलहरुमा विशेषज्ञ चिकित्सक पनि बसेको हुँदैन् । विरामीलाई कुन रोग हो भन्ने कुरा उसलाई थाहा पनि हुदैन् । ज्वरो, रुघाखोकीले च्याप्दै गए टाइफाइडको औषधि चढाइदिने गरेका छन् । सामान्य व्याक्टिरिया, इन्फेक्सन भए ठिक पनि होला । तर कोभिड भए ठिक हुने अवस्था रहँदैन् ।

‘ज्वरो र रुघाखोकी हुने वित्तिकै कोभिड हुने होइन् तर कोभिडको लक्षणमध्ये रुघाखोकी र ज्वरो पनि एक हो । यस्को समयमै चेकजाँच गरेर उपचार गरिएन भने विरामीको स्वास्थ्य जोखिममा पर्छ ।’

मेडिकलको औषधिले ठिक नभएपछि ५-७ दिनपछिमात्र विरामीहरु विशेषज्ञ चिकित्सकसँग पुग्ने गरेका छन् । यतिबेलासम्म विरामीको अवस्था जटिल भइसकेको हुन्छ । उहाँहरुलाई निमोनिया भइसकेको हुन्छ । शरीरमा अक्सिजनको मात्रा घटिसकेको हुन्छ । विरामी अस्पताल आउँदासम्म फोक्सोले काम गर्न छाडिसकेको हुन्छ । मुटु, मृगौला, मस्तिष्कमा समेत त्यसको असर परिसकेको हुन्छ । अहिले यस्ता विरामीहरु अस्पतालमा आउनेक्रम बढेको छ । ओपिडीमा बस्दा मैले दुईतीन वटा यस्ता केसहरु हेर्दै आएको छु । अन्य फिजिसियन डाक्टर सावहरुले पनि हेर्दै आउनुभएको होला ।

यो अवस्था भनेको निकै गम्भीर हो । कोभिडका विरामीहरु समयमै उपचार लिन विशेषज्ञ चिकित्सकसम्म नपुग्दा पनि मृत्युदर बढेको देखिएको छ । सामान्य ज्वरो र रुघाखोकी हो ठिक भैहाल्छ भनेर गाउँघरमै मेडिकलबाट औषधि खाएर बस्नु भनेको यो परिस्थितिमा आफ्नो ज्यान जोखिममा राख्नु हो, अझ भनौं मृत्युको मुखमा पुग्नु हो । अर्को कुरा, उहाँ आफु त जोखिममा हुनु नै भयो परिवार र समाजलाई पनि जोखिममा पार्नु हुन्छ । समयमै कोभिडको पहिचान गरेर आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाए यस्ले अरुलाई पनि संक्रमित बनाइरहेको हुन्छ, त्यो सबैलाई थाहा छ ।

‘गाउँघरका मेडिकल क्लिनिक र स्वास्थ्यकर्मीहरुले सर्वसुलभ सेवा दिनुभएको छ । यो एकदमै प्रशंसनिय छ । तर अहिले परिस्थिति त्यस्तो छदैछैन् । ज्वरोका शंकास्पद विरामीलाई औषधि दिने र ठिक भैहाल्छ भनेर कृपया विरामीको स्वास्थ्यलाई थप जटिलतातर्फ नधकेलिदिनुहोस् ।’

मेरो आग्रह छ–ज्वरो, रुघाखोकीका लक्षण देखिएका छन भने कृपया कोहलपुर नेपालगन्ज आइहाल्नुहोस् । मेडिकल कलेज कोहलपुर, नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा ज्वरो क्लिनिक नै सन्चालन छन् । त्यहीबाट तपाईको उपचारको प्रक्रिया अघि बढ्छ । समयमै उपचार पाउँदा तपाईको स्वास्थ्य अवस्था पनि जोखिममा पर्दैन्, परिवार र समाजमा पनि जोखिमको मात्रा बढ्दैन् ।मेरो अर्को आग्रह पनि छ- हो,गाउँघरका मेडिकल क्लिनिक र स्वास्थ्यकर्मीहरुले सर्वसुलभ सेवा दिनुभएको छ ।यो एकदमै प्रशंसनिय छ । तर अहिले परिस्थिति त्यस्तो छदै छैन् ।

ज्वरोका शंकास्पद विरामीलाई औषधि दिने र ठिक भैहाल्छ भनेर कृपया विरामीको स्वास्थ्य अवस्थालाई थप जटिलतातर्फ नधकेलिदिनुहोस् । उहाँहरुलाई तत्काल विशेषज्ञ चिकित्सकसेवा भएका अस्पतालहरुमा पठाइदिहाल्नुहोस् । विरामीको ल्याव टेस्ट नगरेर तपाई (स्वास्थ्यकर्मी)हरु उपचार सुरु गर्नुभयो भने विरामी ठिक हुनुको साटो झन गम्भीर अवस्थामा पुग्छ । त्यो अवस्थामा आएका विरामीलाई हामीले चाहेर पनि बचाउँन सक्ने अवस्था हुदैन् ।

(डा प्रवेश पन्त नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत रहनुभएको छ ।)

भिडियो हेर्न तलको लिंकमा क्लिीक गर्नुहोस् ।

 

  • १ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech