कोरोना संक्रमणबाट नेपालगन्जका १८ बर्षीया युवती र ६१ बर्षीय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०७७, शुक्रबार

नेपालगन्ज ३०, असोज ।
बाँकेमा कोरोना भाइरस संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१८ कारकाँदोकी १८ बर्षीया युवती र नेपालगन्ज उपमहानगरपालिका-१० भृकुटीनगरका ६१ बर्षीय पुरुषको मृत्यु भएको हो ।

६१ बर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा राती ९ बजे र १८ बर्षीया युवतीको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राती साढे ९ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि ती युवतीले असोज २८ गते मेडिकल कलेजमा कोरोना परीक्षणका लागि स्वाव दिएकी थिइन् । उनको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कडा खालको कोभिड देखिएको चिकित्सकहरुले बताएका छन् । भृकुटीनगरका पुरुषमा असोज २५ गते कोभिड पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनले २४ गते कोरोना परीक्षणका लागि स्वाव दिएका थिए । कडा खाले कोभिडको लक्षण देखिएका उनको उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech