कर्णालीमा थप ३२ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०७७, सोमबार

सुर्खेत १९ जेष्ठ ।
कर्णाली प्रदेशमा सोमबार फेरि नयाँ संक्रमित थपिएका छन् ।नयाँ पुष्टि भएकाहरुसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका ३२ जनामा मध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा रहेको सामाजिक विकास मन्त्रालय अन्तरगतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिनुभयो ।

दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र १० का १६ जना, महावु गाउँपालिका ३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं. १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. १ र १० का पाँचजना पुरुष रहेका छन् ।

  • १९ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech