सुर्खेतमा २२ वर्षीय युवकमा मृत्यु पछि कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०७७, शुक्रबार

चाँदनी कठायत

सुर्खेत ३०, असोज ।

सुर्खेत गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीय युवकको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्षमा भर्ना भएका ती युवकको उपचारकै क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले जनाएको छ ।

मृत्युु भएको करिब साढे २ घण्टापछि उनलाई कोरोना संक्रमण पुष्टि भएको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो । बुधबार शौचालय गएका बेला बेहोस अवस्थामा भेटिएपछि परिवारले सुरुमा झारफुक गराई त्यसैदिन देउती अस्पताल सुर्खेतमा भर्ना गरेका थिए ।

देउती अस्पतालले उनलाई प्रदेश अस्पतालमा रेफर गरेको थियो ।श्वास फेर्न अप्ठ्यारो भएपछि उनलाई प्रदेश अस्पतालको आईसीयुमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआउदा बिहीबार राति उनको मृत्यु भएको बताईएको छ । यससँगै कर्णाली प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech