नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ३३ बर्षीय कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०७७, शुक्रबार

कोहलपुर ३०, असोज ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत् एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चौरजहारी नगरपालिका १४ रुकुमका ३३ बर्षीय पुरुषको शुक्रबार विहान ५ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज २१ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन स्वाब संकलन गरिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनलाई कडा खाले कोभिड देखिएको अस्पतालले जनाएको छ ।

योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि आएका १३ जनाको बाँकेमा मृत्यु भएको छ । बाँकेमै कोरोनाबाट मृत्यु हुनेको संख्या भने २७ रहेको छ ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech