आमाबुवासँगै एक महिने शिशुमा पनि कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २९ आश्विन २०७७, बिहीबार

डोटी २९, असोज ।
डोटीको बोगटान फुडसिल गाउँपालिका–५ का एक महिने बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित शिशुको आमा र बुवालाई पनि कोरोना संक्रमण देखिएको छ ।

विहीबार संक्रमण पुष्टि भएका शिशु आमाबुवासँगै पालिकाको आइसोलेसनमा रहेका र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बोगटीले बताउनुभयो ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा एक महिने बालकमा संक्रमण पुष्टि भएको बोगटान फुडसिल गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम बोगटीले जानकारी दिनभुयो ।

रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रमा रहेका उनीहरु दसैँ मनाउनका लागि घर आएका थिए । असोज २१ गते गाउँ आई गाउँपालिकाको क्वारेन्टिनमा बसेका उनीहरुको मंगलबार स्वाब संकलन गरिएको थियो । उक्त वडामा बिहीबार पाँच जनामा संक्रमण पुष्टि भएको छ ।

  • २९ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech