आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने संक्रमित बढे

    • स्वास्थ्य पेज

  • २९ आश्विन २०७७, बिहीबार

नेपालगन्ज २९, असोज ।
कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा ५४ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

भेरी अस्पताल नेपालगन्जमा ४ जनाको आईसीयूमा उपचार भइरहेको छ । लुम्विनी प्रादेशिक अस्पतालमा १७ जनाको आईसीयूमा र १ जनाको भेन्टिलेटरमा, भीम अस्पताल भैरहवामा ५ जनाको आईसीयूमा र दाङको बेलझुण्डी कोरोना अस्पतालमा पनि ५ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । लुम्विनी प्रदेशमा नीजि अस्पताल, गैरसरकारी, सहकारी र सामुदायिक कोभिड विशेष अस्पतालमा २३ जनाको आईसीयू र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार देशभर ३ सय ८२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ६८ जना भेन्टिलेटरमा र ३१४ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।

संक्रमितको संख्यामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १७५ जना आईसीयू र ५७ जना भेन्टिलेटर, प्रदेश १ मा ३७ जना आईसीयू र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १९ आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदूरपश्चिममा ५ आईसीयू र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १८ आईसीयूमा उपचाररत रहेका छन् ।

 

  • २९ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech