दुर्घटनामा ज्यान गुमाएकाहरुको कोरोना परीक्षण

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०७७, सोमबार

नेपालगन्ज १९ जेष्ठ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका २ ठुरिया जंगलमा हाइस दुर्घटनामा मृत्यु भएकालाई कोरोना भए नभएको पुष्टि गर्न स्वाब लिइएको छ । भारतबाट नेपालगन्जको जमुनाह नाकाबाट भित्रीयका ३३ जनालाई लिएर सल्यान हिडेको हाइस गएराती ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो ।

२१ जना घाइते भएका छ्न । घाइते सबैको भेरी अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ । शब पनि अस्पतालमै छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भारतबाट आएका कारण उनिहरुको कोरोना पुष्टि गर्न लागिएको बताउनु भयो । ुमृतक सबैको स्वाब संकलन भैरहेको छ, स्वास्थ्य पेजलाई जानकारी दिदै श्रेष्ठले भन्नुभयो, आबश्यक परे घाइतेको पनि स्वाब लिइने छ ।

  • १९ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech