बाँकेमा कोरोना संक्रमितको संख्या २६ सय नजिक

    • स्वास्थ्य पेज

  • २९ आश्विन २०७७, बिहीबार

नेपालगन्ज २९, असोज ।
बाँकेमा विहीबार थप ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लामा रहेका तीनवटा प्रयोगशालामा गरीएको परीक्षणमा १३ महिला र ३१ पुरुषगरी ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

भेरी अस्पताल प्रयोगशालामा ३१, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा १२ र बागेश्वरी प्रयोगशालामा १ गरी ४४ जना भाइरस संक्रमित फेला परेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

विहीबार थपिएका संक्रमित संख्यासहित बाँकेमा भाइरस संक्रमितको कूल संख्या २ हजार ५ सय ९८ पुगेको छ । यस्तै विहीबार थप ६४ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ हजार ९ सय ६३ पुगेको छ । जिल्लामा अहिलेसम्म भाइरस संक्रमणबाट २७ जनाको मृत्यु भइसकेको छ ।

  • २९ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech