कोरोना संक्रमणबाट प्रदेश एकमा एकैदिन थप ८ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २९ आश्विन २०७७, बिहीबार

तस्विरः फाइल

विराटनगर २९, असोज ।

कोरोना संक्रमणका कारण प्रदेश १ मा एकै दिन थप आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना र विराटनगरमा तीन जनाको मृत्यु भएको हो । विराटनगरको विराट नर्सिङ होममा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको छ ।

मृतकको विवरण:

-मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको छ । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको थियो ।

-विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुषको मृत्यु भएको छ। ५० बर्षीय पुरुषको बिहान ३ः३० बजेतिर मृत्यु भएको हो ।

-सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषको बुधबार राति ९ बजेतिर मृत्यु भएको छ ।

-तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार विहान ७ बजेर १५ मिनेटमा मृत्यु भएको छ ।

-इटहरी उपमहानगरपालिका २० की ७५ वर्षीया बृद्धाको बिहीबार विहान १२ः५ बजे मृत्यु भएको छ ।

-२५ असोजमा संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको बुधबार राति ११ः५५ मा मृत्यु भएको छ । उनी २८ असोजमा अस्पताल भर्ना भएका थिए ।

-धरान ९ कै ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह साढे ३ बजे मृत्यु भएको छ । धरान ९ का महिला र पुरुषमा दीर्घरोगको समस्या थिएन । महिलालाई २७ असोजमा कोरोना पोजेटिभ देखिएको थियो ।

-तेह्रथुम दाङ्पा– १ का ४९ वर्षीय पुरुषको बुधबार बेलुका सात बजे मृत्यु भएको छ । २६ गते कोरोना पोजेटिभ देखिएका पुरुषमा निमोनियाको समस्या थियो ।

एकै दिन आठजनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या १२१ पुगेको छ ।

  • २९ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech