बाँकेमा कोरोना भाइरस जित्नेको संख्या साढे १९ सय नाघ्यो

    • स्वास्थ्य पेज

  • २९ आश्विन २०७७, बिहीबार

नेपालगन्ज २९, असोज ।
बाँकेमा कोरोना भाइरस संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या साढे १९ सय नाघेको छ । विहीबार थप ६४ जना डिस्चार्ज भएसँगै बाँकेमा भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ९ सय ६३ पुगेको हो ।

यो हिसावले हेर्दा निको हुने दर ७६.८६ प्रतिशत रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । विहीबार विभिन्न आइसोलेसन सेन्टर, होम आइसोलेसन र आइसोलेसन अस्पतालबाट १२ महिला र ५२ पुरुष डिस्चार्ज भएका छन् । जिल्लामा भाइरस संक्रमितको संख्या २ हजार ५ सय ५४ पुगेको छ ।

विभिन्न आइसोलेसनमा अहिले ५ सय ६५ जना बसिरहेका छन् । उनीहरु सबै बाँकेका हुन् । जिल्ला बाहिरका २१ जना पनि बाँकेकै आइसोलेसनमा बसेका छन् । अहिलेसम्म भाइरस संक्रमणबाट बाँकेमा २७ जनाको निधन भएको छ ।

  • २९ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech