मेयर डा राणाद्धारा स्वास्थ्यकर्मीको प्रंशसा

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७७, बुधबार

?

नेपालगन्ज २८, असोज ।
नेपालगन्ज उपमहानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिका प्रशंसा गरेको छ । नेपालगञ्ज उप–महानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुको आ २०७६/७७ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधबार सम्बोधन गर्दै नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले स्वास्थ्य शाखा र स्वास्थ्यकर्मीले कोरोना महामारीका समयमा उत्कृष्ट काम गरेको भन्दै प्रंशसा गर्नुभएको हो ।

महामारीको समयमा कुनै गुनासो नगरि स्वास्थ्यकर्मीहरु काममा खटिएको भन्दै उहाँले खुलेर प्रशंसा गर्नुभएको हो । व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर स्वास्थ्यकर्मीहरुले जनहितमा गरेको कार्य आफैमा महान भएको उल्लेख गर्नुभयो । उहाँले कोरोनासँगै अन्य रोगहरु फैलिन नदिनका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले लगायतले विगतका त्रुटी सच्चाउँदै भविष्यको बाटो देखाउने गरि समीक्षा गर्न सुझाव दिनुभयो । कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले विगतको कार्यक्रमको उपलब्धी र त्रुटीमा छलफल भई तथ्यमा आधारित भई आगामी योजना बनाउने उद्धेश्यले समीक्षा गोष्ठी आयोजना गरिएको जानकारी दिनुभयो ।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech