दाङमा दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०७७, सोमबार

तस्विरः फाइल

दाङ १९ जेष्ठ ।
दाङमा दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पीसीआर परीक्षणमा दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमित स्वास्थ्यकर्मी जनता मावि गढवाको क्वारेन्टिनमा खटिएकाहरु हुन् । उनीहरु राप्ती गाउँपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष हुन् ।

गढवा स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीले ती दुवै स्वास्थ्यकर्मीहरु क्वारेन्टिनमै रहेको र घर परिवारसँग घुलमिल नभएको बताउनुभयो ।

  • १९ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech