सेती अस्पतालको प्रयोगशालामा आकस्मिक बाहेक कोरोना परीक्षण बन्द

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७७, बुधबार

धनगढी २८, असोज ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण बन्द भएको छ। प्रयोगशालाका अनुसार आकस्मिक बाहेकका नमूना परीक्षण बन्द गरिएको हो। प्रयोगशालाका लागि आवश्यक पर्ने पिसिआर किट नभएकाले सबै नमूनाको परीक्षण गर्न नसकिएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका ईन्चार्ज रमेश शाहीका अनुसार प्रयोगशालाका लागि बुधबार बिहान काठमाडौँबाट किट बोकेको सवारी हिडिसकेको छ। तर किटको परिणामको बारेमा भने एकिन हुन सकेको छैन् ।

प्रदेशमा किट अभावको सूचना पहिले नै सेती प्रादेशिक अस्पताल, प्रदेश स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयलाई थियो। सुदूरपश्चिमका धेरै जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको छ। न्यून परिक्षणमा पनि सुदूरपश्चिम प्रदेशमा दैनिक १ सयको हाराहारीमा संक्रमित थपिने गरेका छन्।

प्रदेशमा कोरोना परिक्षण गर्ने प्रयोगशाला अरु भएपनि सबैभन्दा बढी परिक्षण हुने प्रयोगशाला भने सेतीको नै हो। सेतीको प्रयोगशालामा नै किट अभाव भएपछि धेरै स्वाव थन्किने देखिएको छ । अस्पतालको प्रयोगशालामा अहिले दुई हजार पाँच सय बढी नमूना थन्किएका छन्।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech