२४ घण्टामा २ हजार ६३८ संक्रमित थपिए, २ हजार १७४ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७७, बुधबार

काठमाडौं २८, असोज ।

नेपालमा बुधवार थप दुई हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६३८ संक्रमित थपिएका हुन् ।

योसँगै कुल संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार १७४ जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी हालसम्म ८० हजार ९५४ जना डिस्चार्ज भएका छन् । देशभर ७० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख २१ हजार ३८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech