कोरोना संक्रमणबाट धरान र विराटनगरमा ४ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७७, बुधबार

धरान २८, असोज ।
कोरोना संक्रमणका कारण विराटनगर र धरानमा थप चारजनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा एकरएकजना गरी चार जनाको मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठका अनुसार मंगलबार राति मोरङ बेलबारी नगरपालिका– १० का ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । वीपी प्रतिष्ठानमै इटहरी उपमहानगरपालिका– ६ सुनसरीकी ६० वर्षीय महिलाको पनि मृत्यु भएको उहाँले जानकारी दिनुभयो। उपचारको क्रममा बुधबार बिहान करिब ४ बजे उनको मृत्यु भएको श्रेष्ठले बताउनुभयो । विराट मेडिकल कलेजमा मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसबारीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ६० वर्षीय पुरुषको मंगलबार राति करिब १२ बजे मृत्यु भएको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ घर भएकी कोरोना संक्रमित महिलाको नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । मंगलबार साँझ उपचारका क्रममा ४९ वर्षीया महिलाको मृत्यु भएको हो ।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech