यसरी खानुहोस् गुर्जो !

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७७, बुधबार

काठमाडौं २८, असोज ।
कोभिड संक्रमणको दर पनि बढ्दै गएको छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजीमा छन् । तर अहिले सम्म कुनै तात्विक परिणाम आउन सकेको छैन् । त्यसैले कोरोना संक्रमणसँग बँच्नको लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ ।

मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडिबुटीप्रति चासो बढाउँदै गएको देखिन्छ । त्यसैमध्येको एक हो पछिल्लो समय नेपालमा प्रचलनमा रहेको गुर्जो ।

नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ । हरेक पसलमा गुर्जो बिक्री गर्न राखिएको पनि देखिन्छ । विज्ञ डा ऋषिराम कोइराला पनि रोग प्रतिरोधात्मक क्षमता विकासका लागि गुर्जो प्रयोग गर्नु उपयुक्त हुने बताउँनुहुन्छ ।

गुर्जो दैविक कालदेखि नै उल्लेखित जडिबुटी भएको र पछिल्लो समय वैज्ञानिक रुपमा अध्ययन गरिएका तथ्यहरुले पनि प्रमाणित गरिसकेको उहाँले बताउनुभयो। रगतमा हुने हेल्परटिसियल्सहरुको क्षमता बढाउने र सरिरमा हुने एन्टीजिन प्रोसेसलाई राम्रोसँग व्यवस्थितगर्ने गुण गुर्जोमा हुने उहाँले बताउनुभयो ।

गुर्जोको प्रयोग धुलो बनाएर वा उमालेलर खान सकिन्छ । डा कोइरालाका अनुसार हरियो गुर्जो छ भने सानो एक टुक्क्रालाई थिचेर पानीमा उमालेर छानेर चिया जस्तै खान सकिन्छ भने सुकेको गुर्जो भए धुलो बनाई पानीमा घोलेर वा त्यतिकै पनि एकचम्चा सम्म खान सकिन्छ ।

कोभिड १९ संक्रमणसँग लड्नका लागि पनि गुर्जो प्रभावकारी हुने उहाँले बताउनुभयो। त्यसैले कोभिड संक्रमण भएका मानिसहरुले समेत दिनमा दुई तीनपटक सम्म खान सक्ने उहाँको भनाइ छ ।

गुर्जो गर्भवती महिला र गम्भीर प्रकृतिका बिरामीहरुले समेत खान नहुने डा कोइरालाले बताए। तर यो सबै उमेरकाले खान हुने पनि उहाँले बताउनुभयो ।

 

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech