बाँकेमा ९ बर्षीय बालकदेखि ७० बर्षीया बृद्धाले पनि जितिइन् कोरोना

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७७, बुधबार

नेपालगन्ज २८, असोज ।
बाँकेका बुधवार थप २६ जना डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेसन सेन्टरमा बसेका १४ महिला र १२ पुरुष डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । उनीहरुमा असोज १४ गते भाइरस संक्रमण पुष्टि भएको थियो ।

डिस्चार्ज हुनेमा ९ बर्षका एक बालक र ७० वर्षीया दुई महिलासमेत छन् । बुधवार १६ जना डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या १ हजार ८ सय ९९ पुगेको छ ।

बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ५ सय २६ रहेको छ । जिल्लामा भाइरस संक्रमणबाट २६ जना ज्यानको गइसकेको छ । जिल्लाका विभिन्न आइसोलेसनमा अव ६ सय १ जना बसिरहेका छन् ।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech