सुदूरपश्चिमा संक्रिय संक्रमितको संख्या १३ सय नजिक

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७७, बुधबार

धनगढी २८, असोज ।

सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या झण्डै १३ सय पुगेको छ। अहिलेसम्म प्रदेशमा ८ हजार २ सय पाँच जनामा संक्रमण पुष्टि भएको र ती मध्ये सक्रिय संक्रमित १ हजार २ सय ८२ रहेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार सबै भन्दा बढी सक्रिय संक्रमित कैलालीमा ६ सय ७३ रहेका छन्।

यसैगरी डोटीमा १ सय ३५, बझाङमा १ सय २२, कंचनपुरमा १ सय १८, अछाममा ५५, बैतडीमा ५०, दार्चुलामा ८३ र बाजुरामा ६ जना सक्रिय संक्रमित रहेका छन्। ३ जना सक्रिय संक्रमित भने प्रदेश वाहिरका रहेको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ८ हजार चार सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरी संक्रमितको संख्या ८ हजार चार सय ६८ पुगेको छ।

सुदूरपश्चिममा सबैभन्दा धेरै कैलालीमा तीन हजार २२ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये दुई हजार तीन सय ३९ जनाले कोरोना जितेका छन् भने १० जनाको मृत्यु भईसकेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका ६ हजार नौँ सय ४ जनाले कोरोना जितेका छन्।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech