कोरानाबाट एकै परिवारका तीन जनाको निधन

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७७, बुधबार

तस्विरः फाइल

तनहुँ २८, असोज ।
कोरोना भाइरस संक्रमणबाट तनहुँमा एकै परिवारको तीनजनाको मृत्यु भएको छ । भिमादका ९८ वर्षीय धर्मकुमार श्रेष्ठ , ७१ वर्षीय विष्णुकुमार र ७४ वर्षीय कृष्णकुमारको मृत्यु भएको हो ।

विष्णु र कृष्ण धर्मकुमारका साइलो र माइला छोरा हुनुहुन्छ । कोरोनाबाटै साइलो छोरो विष्णुकुमारको चितवनमा यही असोज १९ गते सोमबार चितवन मेडिकल कलेजमा ज्यान गयो। माइलो छोरो कृष्णकुमारले असोज २४ गते शनिबार बीएन्डबी अस्पताल ललितपुरमा ज्यान गुमाउनुभयो ।

चितवनमा अवस्था चिन्ताजनक भएपछि ९८ वर्षका धर्मकुमारको राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। उहाँको पनि यही असोज २५ आइतबार निधन भयो। परिवारकै अन्य ६ जनामा पनि कोरोना देखिएको छ।

‘एकपछि अरूलाई गुमाउनु पर्दाको पीडा कसरी व्यक्त गर्न सकिन्छ र ?’, कृष्णकुमारकी छोरी सरिता श्रेष्ठले भन्नुभयो, ‘यस्तो त कसैले भोग्नु नपरोस्।’

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech