कर्णाली अपडेटः संक्रमित ४६५१, डिस्चार्ज ३५३१, निधन ११

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७७, बुधबार

सुर्खेत २८, असोज ।
कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ६ सय ५१ पुगेको छ ।

मंगलबार कर्णाली प्रदेश अस्पताल ⁄ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १२३ र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ८ जना गरी १३१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कूल संख्या ४ हजार ६ सय ५१ पुगेको सामाजिक विकास मन्त्रालयको स्वाथ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।

कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या ३५३१ पुगेको रहेको छ । कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका मध्य ११ जनाको मृत्यु भएको छ ।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech