नर्स तथा स्वास्थ्यकर्मीको तलब भत्ता भुक्तानीपछि मात्र स्वास्थ्य संस्था नविकरण

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७७, बुधबार

काठमाडौं २८, असोज ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका निकायलाई निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुको नविकरणमा कडाई गरेको छ।

मन्त्रालयले यी संस्थाहरुले नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको तलबभत्ता बैंक मार्फत भुक्तानी गरेको विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० अनुसार अस्पताल सञ्चालन स्वीकृति तथा नविकरण गर्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

निजी तथा गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले न्यून तलबमा काम गर्नुपरेको, अस्पतालले तलबमा शोषण गरेको, समयमा तलब नदिएको भन्दै नर्सिङ संघले यी समस्या समाधानका लागि मन्त्रालयमा पत्र पठाएको थियो।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech