नेपालगन्ज २७, असोज ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरलाई कोरोना भाइरस संक्रमण भएको छ ।
कोरोना रोकथाम, नियन्त्रण र निदानमा अग्रपंक्तिमा खटिएर काम गर्दै आउनु भएकी थापालाई आज कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
उहाँलाई लामो समयदेखी रुघाखोकीले सताइरहेको थियो । रुघाखोकीले सताइरहेको थियो उपमेयर थापाले स्वास्थ्य पेजलाई भन्नुभयो- `आइतबार स्वाब दिएकी थिए रिपोर्ट पोजेटिभ आएको छ ।´
थापा अहिले होम आइसोलेसनमा बस्नु भएको छ । उहाँलाई अहिले खोकी बाहेक अन्य समस्या नरहेको जानकारी दिनुभयो ।