बिराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु 

    • स्वास्थ्य पेज

  • २७ आश्विन २०७७, मंगलवार

तस्विर:फाइल

बिराटनगर २७, असोज। 
उपचारमा रहेका थप दुईजना कोरोना संक्रमितको विराटनगरमा मृत्यु भएको छ ।

कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र र विराट शिक्षण अस्पतालमा उनीहरुको मंगलबार बिहान मृत्यु भएको हो ।

कोसीमा बिहान २:१५ बजे बूढीगंगा गाउँपालिका ५ का ७१ वर्षीय पुरुषको मृत्यु भएको उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताउनु भयो । शनिबार कोरोना पुष्टि भएपछि उनलाई कोसी अस्पताल भर्ना गरिएको थियो ।

यस्तै बूढीगंगा गाउँपालिकामा अवस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा मोरङको सुन्दरहरैंचा नगरपालिका ३ का ४३ वर्षीय पुरुषको बिहान ८:१० बजेतिर मृत्यु भएको छ । अस्पतालका अनुसार श्‍वासप्रश्‍वासमा समस्या भएपछि बेहोस् अवस्थामा ती पुरुषलाई तीन दिनअघि अस्पताल भर्ना गरिएको थियो । पछि स्वाब परीक्षण गर्दा कोरोना देखिएकामा होस नै नखुली उनको मृत्यु भएको बताइएको छ ।

  • २७ आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech