प्रदेश सदस्य चौधरीलाई कोरोना पोजेटिभ 

    • स्वास्थ्य पेज

  • २७ आश्विन २०७७, मंगलवार

नेपालगन्ज २७, असोज ।
नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य डिल्ली बहादुर चौधरीलाई कोरोना संक्रमण भएको छ ।
निमोनिया र सुगर बढेपछि आइतबार राति भेरी अस्पतालमा भर्ना हुनुभएका चौधरीको स्वाब जाँच गर्दा सोमबार अबेर राती कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

अस्पतालका मेसु डा प्रकाश थापाका अनुसार उहाँको अवस्था सुधारउन्मुख छ ।

  • २७ आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech