कोरोना संक्रमितको संख्या चौध सय नाघ्यो

    • स्वास्थ्य पेज

  • १७ जेष्ठ २०७७, शनिबार

नेपालगन्ज १७ जेष्ठ ।
नेपालमा १ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो। कुल संक्रमितमध्ये १ हजार २ सय २८ पुरुष र १ सय १३ जना महिला छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमितमध्ये २२० जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमण देखिएका ७ जनाको भने मृत्यु भएको छ। शनिबार प्रदेश १ को संखुवासभामा पनि कोरोना भाइरसको नयाँ संक्रमित फेला परेका छन्। योसँगै संक्रमितहरूको फैलावट ५३ जिल्लामा पुगेको छ। संखुवासभामा २ जनामा संक्रमण देखिएको हो। शनिबार सबैभन्दा बढी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये धनुषाका ७ जना, झापाका एक जना कपिलवस्तुका ७७ जना, ललितपुर १ जना, महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना र सिराहा ११ जना छन्। यसैगरी रुपन्देहीमा गरिएको परीक्षणमा २९ जनाको पोजेटिभ रिपोर्ट आएको छ।

उनीहरू कपिलवस्तुका हुन्। यस्तै धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जनामा पनि कोरोना संक्रमण देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू कपिलवस्तुका ३ जना छन् भने दाङका ५ जना छन्। नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भने ३ जनामा कोरोना संक्रमण देखिएको छ।

उनीहरु बाराका १ जना हुन् भने पर्साका २ जना हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू सबै दैलेखका हुन्। विराटनगरको कोशी अस्पतालमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू दुवै जना संखुवासभाका हुन्।

  • १७ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech