आकस्मिक बाहेकका अन्य अप्रेशनहरु नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०७७, सोमबार

काठमाडौं २६, असोज ।

सरकारले काठमाडौँ उपत्‍यकाका सबै अस्पतालहरुलाई आकस्मिक बाहेकका अन्‍य अपरेशन नगर्न निर्देशन दिएको छ। सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार ब्रिफिङमा आकस्मिक बाहेकका नियमित अप्रेशनहरु हाललाई नगर्न र संक्रमणको अवस्था नियन्त्रण भएपछि मात्रै गर्न उपत्यकाका सबै अस्पतालहरुलाई निर्देशन दिनुभएको हो ।

उहाँले यसले कोभिडका विरामीहरुलाई बेडको उपलब्धता, आइसियू र भेन्टिलेटर केही उपलब्ध हुन सक्‍ने उहाँको विश्वास छ । यस्तै काठमाडौं उपत्यका भित्रका सबै किसिमका सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा व्‍यवस्था गरी हाललाई स्वास्थ्य सेवा विभागसँग रहेका आइसियू, भेन्टिलेटर,अक्सिजन आदि सघन उपचारका लागि आवश्‍यक सरसाग्रीहरु उपत्यकाका अस्पतालका लाग व्‍यवस्थापन गर्न समेत निर्देशन दिएको समेत उहाँले बताउनुभयो ।

 

  • २६ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech