बाँकेमा होम आइसोलेसनमा बस्नेमा पुरुष भन्दा महिला धेरै

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०७७, सोमबार

नेपालगन्ज २६, असोज ।
बाँकेमा कोरोना भाइरस संक्रमण भएका १ सय ९२ जना होम आइसोलेसनमा बसिरहेका छन् । होम आइसोलेसनमा बस्नेमा पुरुष भन्दा महिला धेरै छन् । १ सय ९१ जना महिला होम आइसोलेसनमा बस्दा पुरुषको संख्या भने ९१ मात्र रहेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकाका १ सय २२ जना होम आइसोलेसनमा बसेका छन् । कोहलपुरका ४९, खजुरा गाउँपालिकाका १२, बैजनाथका ४, जानकीका ३ र डुडुवा गाउँपालिकाका २ जना होम आइसोलेसनमा बसेका छन् ।

नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा भने अहिले कोही पनि होम आइसोलेसनमा बसेका छैनन् । बाँकेमा भाइरस संक्रमितको संख्या २ हजार ४ सय ५ पुगेको छ । संक्रमित हुनेमा सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकाका १ हजार १ सय ४४ जना रहेका छन् । कोहलपुर नगरपालिकाका ३ सय ६० जना संक्रमित संख्या पुग्दा खजुरा गाउँपालिकाका १ सय ६४ जना रहेका छन् ।

नरैनापुर गाउँपालिकामा १ सय २२, राप्तीसोनारीमा ९५, डुडुवामा ४२, बैजनाथमा ७६ र जानकी गाउँपालिकामा ७३ जनामा भाइरस संक्रमण देखिएको छ । यो हिसावले हेर्दा शहरी र भिडभाड हुने क्षेत्रमा भाइरस संक्रमणको जोखिम बढी देखिएको छ । अहिले सम्म कोरोना भाइरस संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संखया १ हजार ८ सय ४७ पुगेको छ ।

त्यसमा महिलाको संखया ५ सय १८ रहेको छ भने पुरुषको संख्या १ हजार ३ सय २९ रहेको छ । यस्तै हाल उपचारमा रहेको संख्या ५ सय ३३ रहेको छ । २ सय ५ जना महिला र ३ सय २७ जना पुरुष उपचारका क्रममा रहेका छन् । भाइरस संक्रमणबाट अहिलेसम्म ९ महिला र १७ पुरुषगरी २६ जनाको निधन भएको छ ।

  • २६ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech