२४ घण्टामा ४ हजार ४७ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०७७, सोमबार

काठमाडौं २६, असोज ।
पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ । आज थप ९ जनाको मृत्यु भएको हो। ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।

देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन् । नयाँ संक्रमितमध्ये २ हजार २८३ जन काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् ।

 

  • २६ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech