सन् २०२१ मा सुदूरपश्चिमलाई नमुना स्वास्थ्य प्रदेश घोषणा गर्ने लक्ष्य

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०७७, सोमबार

धनगढी २६, असोज ।

स्वास्थ्य निर्देशनालयले सुदूरपश्चिम प्रदेशलाई सन् २०२१ मा नमुना स्वास्थ्य प्रदेश घोषणा गर्ने लक्ष्य लिएको छ । नमुना स्वास्थ्य प्रदेश घोषणा गर्न स्वास्थ्यका सुचकांकहरु शतप्रतिशत नै पुर्‍याउने गरी काम भइरहेको निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको उपलब्धता, स्वास्थ्य संस्थामा औषधिको उपलब्धता, खोप पाएका बच्चाहरु, गर्भवती जाँच गराएका महिलाहरु र संस्थागत सुत्केरी शतप्रतिशत नै पुर्‍याउने लक्ष्य रहेको छ । त्यस्तै, धुम्रपानमुक्त कार्यालय, सफा पानी र चर्पीको उपलब्धता, धुवाँरहित चुलोको प्रयोग, क्षयरोग, मलेरिया कुष्ठरोग निवारण गरिने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा नमुना स्वास्थ्य प्रदेश घोषणा गर्न बालविबाह शुन्य, कुपोषित बच्चाहरु शुन्य र परीवार नियोजन सेवा पाएका दम्पति ६० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा अहिले बिसिजी खोपको कभरेज ८० प्रतिशत रहेको छ भने नेपालमा ८६ प्रतिशत रहेको छ । प्रदेशका ९ वटै जिल्लाहरु पूर्ण खोप जिल्ला घोषणा भइसकेका छन् । प्रदेश ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गर्ने पहिलो प्रदेश हो ।

  • २६ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech