दैलेखमा क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि, मृतकको संख्या ७ पुग्यो

    • स्वास्थ्य पेज

  • १७ जेष्ठ २०७७, शनिबार

नेपालगन्ज १७ जेष्ठ ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। शनिबार बिहान दैलेखमा क्वारेन्टिनमा मृत्यु भएका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवामा कोरोना पुष्टि भएको हो। दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले ती युवकको कोरोना भाइरसका कारण निधन भएको पुष्टि गर्नुभयो ।

उनको तीन दिनअघि नै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो। स्वाव परीक्षण पश्चात कोरोना संक्रमणबाट उनको मृत्यु भएको पुष्टि भएको हो। मृतकको स्वाब तीन दिन अगाडी नै संकलन गरिएको भएपनि सुर्खेतमा किट अभाव भएपछि संकलित स्वाबको कोरोना परिक्षण जुम्ला पठाउनु परेको हो।

  • १७ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech