काठमाडौं २५, असोज ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आइतबार कोरोना भाइरस संक्रमण भएको छ। ज्वरो आएपछि पाटन अस्पताल पुगेका मन्त्री पोखरेलको कोरोना परीक्षणका क्रममा आइतबार रिपोर्ट पोजेटिभ आएको हो।
मन्त्री पोखरेल पाटन अस्पतालमा भर्ना हुनुभएको छ ।