कोरोनाबाट २४ घण्टामा थप २२ जनाको निधन

    • स्वास्थ्य पेज

  • २५ आश्विन २०७७, आईतवार

तस्विर:फाइल

काठमाडौं २५, असोज ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २२ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५ महिला र १७ पुरुषहरु रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७१ कोरोना संक्रमित थपिएका छन् भने एक हजार ५५२ जना डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ ।

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech