भेरीको पछिल्लो रिपोर्टः बालबालिकासहित ३३ जनामा कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • २५ आश्विन २०७७, आईतवार

तस्विर : फाइल

नेपालगन्ज २५, असोज ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ३३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ९० नमुना परीक्षण गर्दा ३३ जनामा भाइरस संक्रमण देखिएको हो ।

बाँकेका १७ र बर्दियाका १६ जनामा भाइरस पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका दुई बालक बालबालिकामा पनि भाइरस देखिएको छ । तीन बर्षका बालक र ६ बर्षकी बालिकामा कोरोना पोजेटिभ देखिएको हो ।

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech