कोरोनाबाट धनगढीमा ५२ बर्षीय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ आश्विन २०७७, आईतवार

तस्विर:फाइल

धनगढी २५, असोज ।
धनगढीका कोरोना भाइरस संक्रमणबाट एकजनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी पमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनभयो ।

ती पुरुषको गएराती मृत्यु भएको उहाँको भनाइ छ । असोज २० गते कोरोना पुष्टि भएका ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि २३ गते मात्र सेती अस्पताल भर्ना भएको श्रेष्ठले बताउनुभयो। उनको उपचारका क्रममा मृत्यु भएको हो ।

 

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech