जुस सेवन गरेर डा केसीले तोडे अनशन

    • स्वास्थ्य पेज

  • २५ आश्विन २०७७, आईतवार

फाइल

काठमाडौं २५, असोज ।
सरकारसँग भएको सहमतिसँगै प्रा.डा गोविन्द केसीले १९ औँ सत्याग्रह अन्त्य गर्नुभएको छ । आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा केसीले जुस सेवन गरेर अनशन तोड्नुभएको हो ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा केसी र सरकारबीच शनिबार मध्यरातमा आठ बुँदे सहमति भएको थियो

डा केसीले १९ औँ पटकको सत्याग्रह जुम्लाबाट सुरु गर्नुभएको थियो । जुम्लामा अनशन बस्न असुरक्षित भएको भन्दै उहाँ नेपालगञ्ज हुँदै काठमाडौँ जानुभएको थियो । सकारसँग सहमति भएपछि उहाँ २७ औँ दिनमा अनशन तोड्न सहमत भएका हुनुभएको हो ।

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech