वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ आश्विन २०७७, आईतवार

विराटनगर २५, असोज ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मृत्यु हुनेमा सुनसरीका दुई र एकजना धनकुटाका रहेका छन्।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका- ८ की ६२ वर्षीया महिला, दुहबी नगरपालिकाका ६५ वर्षीय पुरुष र धनकुटाकी ६१ वर्षीया महिला रहेको डा श्रेष्ठले बताउनुभयो ।

 

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech