बाँकेमा कोरोना भाइरस संक्रमित ८४ बर्षीय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ आश्विन २०७७, शनिबार

तस्विरः फाइल

नेपालगन्ज २४,असोज ।

नेपालगन्जमा थप एकजना कोरोना भाइरस संक्रमित विरामीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका १० का ८४ बर्षीय पुरुष को भेरी अस्पताल नेपालगन्जमा शनिवार राती मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि कोभिडको आंशकामा असोज ६ गते बागेश्वरी ल्याबबाट उनको स्वाव संकलन गरिएको थियो ।

असोज ७ गते कोभिड पोजिटिभ रिर्पोट आएपछि अस्पताल भर्ना भएका उनलाई स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर समेत उपचार गरिएको थियो ।
श्वासप्रश्वासमा समस्या र कडा खालको कोरोना संक्रमणका कारण उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

  • २४ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech