अनशन तोड्न डा केसीलाई सरकारको पुनःआग्रह

    • स्वास्थ्य पेज

  • २४ आश्विन २०७७, शनिबार

काठमाडौं २४, असोज ।

२७ दिनदेखि आमरण अनशनमा बस्नु भएका प्रा.डा गोविन्द केसीलाई सरकारी वार्ता टोलीले फेरि अनशन अन्त्य गर्न आग्रह गरेको छ। सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले मुलुक कोरोनाले आक्रान्त रहेको भन्दै अनसन अन्त्य गर्न अनुरोध गर्नु भएको हो ।

१९ औं अनसनमा रहेका डा केसीलाई अनशन तोड्न सरकारले आग्रह गरेको यो तेस्रोपटक हो। यसअघि सरकारका प्रवक्ता प्रदीप ज्ञवाली र शिक्षा सचिव मैनालीले पनि अनसन अन्त्य गर्न आग्रह गर्नुभएको थियो । शुक्रबार राती डा केसीको पक्षका वार्ता टोलीसँग बिना निर्ष्कष वार्ता टुंगिएको थियो।

  • २४ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech