अस्पताल र आइसोलेसन सेन्टरहरु भरिए, सरकार भन्छ–‘हामी धेरै अफ्ठ्यारो परिस्थितिमा पुग्दैछौं’

    • स्वास्थ्य पेज

  • २४ आश्विन २०७७, शनिबार

काठमाडौं २४, असोज ।
सरकारले कोरोना संक्रमणको दर बढ्दै जाँदा अफ्ठ्यारो परिस्थिति आएको बताएको छ । डिस्चार्ज हुनेभन्दा भर्ना हुने क्रम बढ्दै जाँदा निकै कठिन अवस्था आएको सरकारको भनाइ छ । ‘हाम्रो लागि धेरै अफ्ठ्यारो समय आएको छ । संक्रमितको संख्या धेरै बढेको छ ।

अस्पताल र आइसोलेसन सेन्टरहरु भरिएका छन् । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेवर गौतमले भन्नुभयोे–‘उहाँहरुको डिस्चार्ज हुने दर घटेको छ र बिरामी हुने दर बढेको छ । यसले हामीलाई धेरै अफ्ठ्यारो परिस्थितिमा पुर्याउँदैछ भन्ने आंकलन गर्न सकिन्छ । यसकारण सबै सुरक्षित रहौं ।’

पछिल्लो २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका छन् । हाल नेपालमा ३० हजार ८१८ सक्रिय संक्रमितको संख्या रहेको छ । कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

  • २४ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech