सरकारसँग बार्ता विथोलिएपछि केसीको समर्थनमा देशभर प्रदर्शनको आव्हान

    • स्वास्थ्य पेज

  • २४ आश्विन २०७७, शनिबार

काठमाडौं २४, असोज ।
सरकारसँगको वार्ता विथोलिएपछि डा गोविन्द केसीको समर्थनमा आज देशभर प्रदर्शन हुने भएको छ। डा गोविन्द केसीका तर्फबाट गठित वार्ता टोलीका सदस्य डा जीवन क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै केसीका माग पूरागर्न दबाब दिन देशभर प्रदर्शनका लाग कार्यक्रम सुचारु गर्न सबै नागरिकलाई अपिल गर्नुभएको छ । त्यसैक्रममा आज माइतीघर मण्डलामा ‘सोलिडारिटी फर केसी अलायन्स’ ले प्रदर्शन गर्दैछ।

अलायन्सले केसीको जीवन रक्षाका लागि सरकारलाई दबाब दिन भौतिक दुरी कायम गर्दै र मास्क लगाएर उपस्थित हुन आग्रह गरेको छ। सरकारसँग शुक्रबार राती भएको वार्ता निष्कर्षमा पुग्न सकेन् ।

सरकार केसीका मागप्रति गम्भीर नभएको डा क्षेत्रीले आरोप लगाउनुभयो । २६ दिन देखि अनशनरत डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

  • २४ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech